मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

अफगानिस्तानमा आतंकवादी हमला, ६० जनाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, कार्तिक ४, २०७४



  • काबुल, कात्तिक ४ । अफगानिस्तानका दुई मस्जिदमा गराइएका आक्रमणमा ६० जना मारिएका छन् ।

    राजधानी काबुलमा रहेको शिया मुसलमानको मस्जिदमा छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली हान्नुका साथै विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तिमा ३९ जना मारिएका थिए । मारिने सबै मस्जिदमा आएका भक्तजन रहेको सरकारी अधिकारीले बताएका छन् ।

    यस्तै घोर प्रान्तमा रहेको सुन्नी मुसलमानको मस्जिदमा गराइएको अर्को आक्रमणमा २१ जना मारिएका छन् । काबुलको मस्जिदमा गराइएको आक्रमणको जिम्मेवारी आइएसले लिएको छ ।

    आक्रणमकारीले शुक्रबार हुने नियमित प्रार्थनाका लागि जम्मा भएका भक्तजनलाई लक्षित गरी आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    अफगानिस्तानमा यो हप्ता मस्जिदमा भएका आक्रमणमा मात्र कम्तिमा एक सय ७६ जना मारिएका छन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij