आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाबुले गरे आफ्नै छोरी र २ नातिनीको हत्या

  • प्रकाशित मिति : शनिबार, कार्तिक २५, २०७४



  • रोल्पा, कात्तिक २५ । रोल्पा नगरपालिका– ७ गोरबोट घापाका ४३ वर्षीय लीलबहादुर पुनले आफ्नो छोरीसहित दुई नातिनीको शुक्रबार राति हत्या गरेका छन् ।

    २५ वर्षीया छोरी पेवावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी निया केसीको बन्चरो प्रहार गरेर लीलबहादुरले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

    छोरी पेवावतीले बिरामी बाबुलाई भेट्न तीन दिनअधि माइत आएकी थिइन् । लीलबहादुरका पत्नी तीर्था र छोरा भागेर बाँच्न सफल भएको बताइएको छ । लीलबहादुर पुन मानसिक असन्तुलनसँगै केही दिनदेखि बिरामी परेका थिए । बुबा बिरामी भएको खबर थाहा पाएपछि पेवावती छोरी बोकेर बिरामी बुबा भेट्न माइत आएकी थिइन् ।

    जेठी छोरीलाई पिठ्यूँमा बोकेर र कान्छी छोरीलाई काखमा राखेर चाउचाउ खाइरहेको बेलामा एक्कासि बन्चरो प्रहार गरेर हत्या गरेको बताइएको छ । हत्या गरिएको छोरीका पति वैदेशिक रोजगारीका लागि मलेसियामा रहेको बताइएको छ । हत्या आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij