आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साथीको चिर्पट प्रहारबाट घाइते पूर्वप्रधानाध्यापकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १९, २०७४



  • लमजुङ, मंसिर १९ । लमजुङको राइनास नगरपालिका–९ कुँडुलेमा आफ्नै साथीको चिर्पट प्रहारबाट गम्भीर घाइते एक व्यक्तिको मृत्यु भएको छ ।

    राइनास नगरपालिका–१० सिमघारीस्थित रत्न प्राविका पूर्वप्रधानाध्यापक ५५ वर्षीय हितमान श्रेष्ठको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टकाअनुसार कुँडुलेका ३६ वर्षीय बेलबहादुर गुरुङले दाउराको चिर्पट प्रहार गरेपछि श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

    तत्काल लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएकोमा उपचार हुन नसकी गुरुङलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल, फिस्टेल हुँदै काठमाडौंको न्युरो अस्पताल लगिएको थियो ।

    गुरुङको उपचारकाक्रममा सोमबार न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीकाअनुसार घटना भएको दिन आइतबार दुवैले मादकपदार्थ सेवन गरेका थिए । दुवैजना मिल्ने साथी रहेको र राति साँस्कृतिक कार्यक्रम हेरेर फर्कनेक्रममा झगडा भएको प्रहरीले जनाएको छ ।

    सामान्य घाइते रहेका पीडक बेलबहादुर फरार रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij