आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घुस लिँदालिँदै सिरहाका इन्जिनियर यादव पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, पुस ४, २०७४



  • लहान, पुस ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार साँझ सिरहाको लहानबाट घुस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय, सिरहाका इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको छ ।

    सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ का रामजानकी कन्स्ट्रक्सन दर्ताका लागि सिफारिश पाउन कात्तिक १२ गते जिल्ला प्राविधिक कार्यालय, सिरहामा निवेदन दिँदा सिफारिशबापत इन्जिनियर यादवले घुस माग गरेका थिए ।

    कार्यालयमा घुस लिन नमिल्ने भन्दै रामजानकी कन्स्ट्रक्सनका प्रोप्राइटरले लहानको महावीर मिष्ठान्न भन्डारमा घूसबापत रु आठ हजार दिने क्रममा अख्तियारको टोलीले इन्जिनियर यादवलाई पक्राउ गरेको अख्तियारका प्रहरी उपरीक्षक कृष्णसिंह थापाले जानकारी दिए ।

    घरेलु तथा साना उद्योग कार्यालय, लहानले कन्स्ट्रक्सन दर्ताका लागि जिल्ला प्राविधिक कार्यालय, सिरहाको सिफारिश माग गरेको थियो । पक्राउ परेका यादवलाई विशेष अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय इटहरी लगिएको प्रहरी उपरीक्षक थापाले बताए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij