आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मनाङमा रेन्बो ट्राउट माछापालन फस्टाउँदै, जापानबाट ल्याइयो २१ हजार भुरा

  • प्रकाशित मिति : बुधबार, पुस ५, २०७४



  • लमजुङ, पुस ५ । नदी भए पनि माछा नपाईने हिमाली जिल्ला मनाङमा रेन्वो ट्राउट माछापालन सुरु भएको छ ।

    मनाङको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले ट्राउट माछा पालन गरेका हुन् । नासोङ गाउँपालिकाको धारापानीमा पोखरी निर्माण गरी माछापालन गरिएको छ ।

    हिमाली परियोजनाको ८० र आफ्नो २० प्रतिशत गरी ५९ लाख ४२ हजार रुपियाँको लगानीमा माछा पालन गरेको घलेले बताए ।

    यहाँ जापानबाट ल्याइएका २१ हजार भुरा राखेर माछापालन व्यवसाय शुरु गरिएको हो । चिसो हावापानी भएकाले ट्राउट माछापालन राम्रो भएको घलेले बताए ।

    उत्पादित सबै माछा स्थानीय बजारमै खपत हुने गरेको छ । पर्यटकीय क्षेत्र भएकाले माछा बेच्न गाह्रो नभएको घलेले जानकारी दिए ।

    यहाँ उत्पादित माछा प्रतिकिलो १ हजार २ सय रुपैयाँमा बिक्री हुने गरेको छ । ७ रोपनी जग्गामा गरिएको माछापालन व्यवसायमा ४ जनाले रोजगारीसमेत पाएका छन् ।

    घलेले ट्राउट पालन सुरु गरेपछि मनाङमा अहिले अरु किसान पनि यो ब्यवसायतर्फ आकर्षित भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij