आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘गाली सहन नसकी’ ढुंगाले हानेर हत्या

  • प्रकाशित मिति : शुक्रबार, पुस १४, २०७४



  • रामेछाप, पुस १३ । जिल्ला प्रहरी कार्यालय रामेछापले हत्या गरेको अभियोगमा पक्राउ परेका दोरम्बा गाउँपालिका वडा नम्बर–१ का २३ वर्षीय कुमार घिसिङलाई सार्वजनिक गरेको छ ।

    प्रहरीले बिहीबार मन्थलीमा पत्रकार सम्मेलन गर्दै सोही स्थानका ४८ वर्षीय बाबुराम तामाङको हत्या अभियोगमा पक्राउ परेका घिसिङलाई सार्वजनिक गरेको हो ।

    घिसिङले गत पुस १० गते बिहान ११ बजेतिर तामाङको हत्या गरी स्थानीय लप्सीखोलामा शव ढुंगाले छोपेर हिँडेको स्वीकार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    अभियुक्त घिसिङले आफूलाई तामाङले पटक–पटक ‘ज्यानमाराको सन्तान’ भनेर अर्नगलरुपमा गाली–गलौज गर्ने गरेको र उनको गाली सहन नसकी ढुंगाले हानेर हत्या गरेको बयान प्रहरीसमक्ष दिएको जिल्ला प्रहरी प्रमुख कुमोद ढुंगेलले बताए ।

    घिसिङले हत्या गर्न प्रयोग गरेको ढुंगासमेत प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो ।

    सो हत्याको आशंकमा पक्राउ परेका अरु ८ जनालाई भने प्रहरीले खोजेको समयमा हाजिर हुनेगरी छाडिएको जानकारी पनि सो अवसरमा गराइयो ।

    पुस ९ गते बिहान घरबाट निस्किएका तामाङ राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यहरुले उनको खोजी गरेका थिए ।

    खोजी गर्नेक्रममा घिसिङको मृत शरीर स्थानीय लप्सीखोलामा फेलापरेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

    त्यसपछि जिल्ला प्रहरी कार्यालय रामेछापका निरीक्षक राजेन्द्रकुमार थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

    प्रहरीले स्थलगतरुपमा गरेको अनुसन्धान र स्थानीयहरुको भनाइका आधारमा शंकास्पद ८ पुरुष र एक महिलासहित ९ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

    उनीहरुसँगको चारदिने अनुसन्धानपछि अभियुक्त घिसिङले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij