आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हुचिलसहित तीन र रेडपान्डाको छालासहित चारजना पक्राउ

  • प्रकाशित मिति : सोमवार, पुस २४, २०७४



  • काठमाडौं, पुस २४ । काठमाडौंको बौद्धबाट दुर्लभ पक्षी हुचिलसहित तीनजना पक्राउ परेका छन् ।

    हुचिलको बिक्री–वितरणमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा दोलखा घर भइ ललितपुर, इमाडोल बस्ने जेबी राई, भक्तपुरका कमल भण्डारी र इलाम घर भइ ललितपुर, बालकुमारी बस्ने पूर्णबहादुर लिम्बू रहेका छन् ।

    उनीहरुको साथबाट बरामद गरिएको हुचिल वन कार्यालयमा बुझाइसकेको प्रहरीले जनाएको छ ।

    यस्तै, प्रहरीले दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित आइतबार चारजनालाई पक्राउ गरेको छ ।

    काठमाडौंको टोखाबाट ओखलढुंगाका उद्धव बस्नेत, विष्णुबहादुर बस्नेत, नुवाकोटका राजेन्द्र तामाङ र रामेछापका ध्रुवकुमार खत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij