प्रकाशित मिति : मङ्लबार, माघ २, २०७४

बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
राजुको घाँटीमा धर्माले चक्कु प्रहार गरेपछि तत्कालै उपचारका लागि महाकाली अञ्चल अस्पताल पुर्याएपश्चात उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धर्मालाई पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको प्रहरीले बताएको छ । राजु सशस्त्र प्रहरी बलको जवान पदबाट निलम्बित हुन् भने धर्मा विवाहिता हुन् ।
कुन विवादमा चक्कु प्रहार गरियो भन्नेबारे जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीका अनुसार घटना राति १ः३० बजे भएको बताइएको छ । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij