आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘ड्यूटी’को विषयमा विवाद हुँदा’ सेक्युरिटी गार्डको हत्या

  • प्रकाशित मिति : मङ्लबार, माघ १६, २०७४



  • काठमाडौं, माघ १६ । मछिन्द्रबहालमा सोमबार अज्ञात व्यक्तिको आक्रमणमा परी मृत्यु भएका तुलबहादुर तामाङको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

    दोलखा, शैलुङ गाउँपालिका घर भइ इस्टुवेट सेक्युरिटी कम्पनीमा गार्डकारुपमा काम गर्ने तामाङ घाइते भइ लडिरहेको अवस्थामा सोमबार बिहान १ बजे महानगरीय प्रहरी वृत्त जनसेवाले फेलापारी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

    महानगरीय अपराध महाशाखाको टोली र प्रहरी वृत्त जनसेवासमेतको संयुक्त टोलीले अनुसन्धानकाक्रममा सो घटनामा संलग्न मकवानपुर, थाहा नगरपालिकाका राजन थापा क्षत्रीलाई पक्राउ गरेको छ ।

    अनुसन्धानकाक्रममा निज राजन थापा क्षत्री मछिन्द्रबहालचोकमा सेक्युरिटी गार्डकारुपमा काम गर्नेे गरेको र मृतक तामाङसँग तीन/चार महिनादेखि चिनजान भइ एकै ठाउँमा काम गर्दै आएको खुलेको छ ।

    ‘ड्यूटी’को विषयलाई लिइ दुईबीच वादविवाद हुँदै आएकामा गत आइतबार राति निज थापा क्षत्रीले तामाङलाई आफू ड्यूटी गर्न आउन नसक्ने भनी जानकारी गराउन जाँदा विवाद भएपछि क्षत्रीले पटक–पटक इँटाले टाउकामा प्रहार गरेर तामाङको हत्या गरी भागेको खुल्न आएको प्रहरीले जनाएको छ ।

    अभियुक्त क्षत्रीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलबमोजिम कारबाही अघि बढाइने भएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij