आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘छुर्पी खाउँ, सुर्ती हटाउँ’ भन्ने अभियानका साथ उत्पादित पाल्पाको छुर्पी व्यावसायिक बन्दै

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १, २०७४



  • पाल्पा, फागुन १ । पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ पाँच वर्षअघि उत्पादित छुर्पीले व्यावसायिक रुप लिन थालेको छ ।

    पाँचवर्ष अघिसम्म छुर्पी उत्पादन नहुने जिल्ला       पाल्पामा वार्षिक सात मेट्रिक टन जिल्ला बाहिर निर्यात हुँदै आएको छ । छुर्पीका लागि इलाम र पाँचथर नमूना जिल्ला मानिँदै आए पनि पछिल्ला वर्ष यहाँ उत्पादित छुर्पीले पाल्पाली पहिचान बनाउन सफल बनेको छ । पाल्पामा उत्पादित छुर्पी नेपालकै उत्कृष्ट मानिएकाले यसको माग स्वदेश तथा विदेशमा समेत रहेको बताइएको छ ।

    जिल्ला पशुसेवा कार्यालय, पाल्पाका प्रमुख डा. प्रदीप शर्माका अनुसार जिल्ला सदरमुकाम तानसेनमा रहेका श्रीनगर दुग्ध डेरी र गोरस घरमा उत्पादित छुर्पी नेपालकै उत्कृष्ट मानिन्छ । प्रशस्त दूध उत्पादन हुन थालेपछि पाल्पामा ठूलो मात्रामा छुर्पी उत्पादन गर्नाले दूधको खपत बढेको हो ।

    किसानले उत्पादन गरेको दूध उपभोक्तामा वितरण गरेपछि बाँकी रहेको दूध खेर फाल्न नपरोस् भनी डेरीले छुर्पी उत्पादन गर्न थालेपछि नाम र दामसमेत कमाउन सफल भएको छ ।

    व्यावसायिक रुपमा उन्नत गाईपालन गर्न थालेपछि दुग्ध डेरी छुर्पी उत्पादनप्रति आकर्षित भएका छन् । वार्षिक रु ४५ लाखको छुर्पी पाल्पा बाहिर निर्यात हुँदै आएको छ । हाल रु एक करोड ४० लाखको छुर्पी अझै स्टकमा रहेको श्रीनगर दुग्ध डेरीका सञ्चालक रोमकान्त न्यौपानेले बताए ।

    छुर्पीको लौरालाई रु ८०० र काटेको छुर्पीलाई रु ९०० प्रतिकिलोमा बिक्री गर्न बाध्य भएको डेरीका सञ्चालन रोमकान्त न्यौपानेले बताए ।

    इलामको फिक्कलमा करिब एक महिना छुर्पी बनाउने तरिका सिकेर आएपछि दैनिक दुई हजार १०० लिटरभन्दा बढी दूधको छुर्पी उत्पादन हुँदै आएको उनको भनाइ छ ।

    पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ उत्पादित पाल्पाली छुर्पी स्याङ्जा, पोखरा, बागलुङ, काठमाडौं, रुपन्देही, नवलपरासी र नारायणघाटमा खपत हुँदै आएको छ ।

    जिल्ला पशुसेवा कार्यालयले जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम विगतका वर्षमा सञ्चालनमा ल्याएपछि पाल्पा जिल्लाका दुग्ध डेरीले छुर्पी बनाउन थालेको कार्यालयका प्रमुख डा प्रदीप शर्माले बताए । पाल्पामा उत्पादित सात मेट्रिक टन छुर्पी जिल्ला बाहिर खपत हुँदै आएको शर्माले बताए ।

    जिल्ला पशुसेवा कार्यालयले जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम विगतका वर्षमा सञ्चालनमा ल्याएपछि पाल्पा जिल्लाका दुग्ध डेरीले छुर्पी बनाउन थालेसँगै २० जनाभन्दा बढीले डेरीमा नै रोजगार पाउन सफल भएका छन् । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij