आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको दक्षिण कोरियाली नागरिक पोखराबाट पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११, २०७४



  • काठमाडौं, फागुन ११ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका दक्षिण कोरियाली नागरिक सेउङ वन ली पोखरामा पक्राउ परेका छन् ।

    अवैध लागुऔषध कारोबार गरेको अभियोगमा लीविरुद्ध इन्टरपोल महासचिवालयले सन् २०१६ को सेप्टेम्बरमा रेडकर्नर नोटिस जारी गरेको थियो । अवैध तरिकाले फिलिपिन्सबाट दक्षिण कोरियामा विभिन्न प्रकारका लागुपदार्थ आयात गर्दै आएका उनी ६ दिनदेखि अध्यागमन विभागको हिरासतमा छन् ।

    नेपालमा ली पक्राउ परेको थाहा पाएपछि दक्षिण कोरियाबाट सुरक्षाकर्मीसहितको उच्चस्तरीय टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको स्रोतले जनाएको छ । उक्त टोलीले लीलाई सम्भवतः शनिबार सोल लैजाने छ ।

    अध्यागमन विभागका प्रवक्तासमेत रहेका निर्देशक राजुप्रसाद पौडेलले लीलाई फिर्ता पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij