आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतीय नागरिकको हत्यामा संलग्न दुई भारतीय पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११, २०७४



  • कलैया, फागुन ११ । भारतीय नागरिकको हत्या गरेको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्ने दुवैजना भारतीय नै हुन् ।

    यही फागुन ३ गते भारतको रक्सोलका मनिषकुमार नारायणको हत्या गरेको आरोपमा भारत बिहारको पूर्वी चम्पारण पटोकका सन्तोष गुप्ता र रक्सोलका राहुल पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुले मनिषकुमारको हत्या गरेर बाराको गण्डक नहर छेउमा फालेको आरोप प्रहरीले जनाएको छ । गुप्ता र पटेलले मनिषकुमारको हत्या गरेर ना२ह ११० नम्बरको टेम्पोमा शव ल्याएर फालेको प्रहरीले जनाएको छ ।

    शव बोक्न प्रयोग भएको टेम्पोसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

    विवाहको कार्ड बाँड्न भन्दै मनिषकुमारलाई पटेल र गुप्ताले वीरगन्जको चण्डाल चोकमा अत्याधिक मदिरा खुलाएर सोही राति घाँटी रेटेर हत्या गरेको पुष्टि भएको बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । व्यक्तिगत रिसइवीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij