आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अष्ट्रेलिया पठाइदिने भन्दै ७ जनाबाट ३ करोड ठगी

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०७४



  • अष्टेलिया पठाइदिने भन्दै  ३ करोड भन्दा बढी रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    ‘नेपाल जब प्लेसमेन्ट’ नामको कम्पनी नै खोलेर काठमाडौं टोखाका २५ वर्षीय रोशन कार्की र मोरङ बेलबारीकी पूजा प्याकुरेल भुजेलले ७ जनाबाट ३ करोड भन्दा बढी रूपैयाँ ठगी गरेको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।

    टोखामा कार्यालय नै खोलेर अष्ट्रेलिया पठाउने र उता कामको पनि ग्यारेन्टी गरिदिने भन्दै पवन भण्डारी, मिङमार शेर्पा, रवीन्द्र श्रेष्ठ, राजकुमार मगर, सन्दीप गुरुङ, कुमार मगर र ज्ञानकुमार लामाबाट  कार्की र प्याकुरेलले ३ करोड भन्दा बढी रकम  उठाएका थिए।

    प्रवक्ता थापाका अनुसा पक्राउ परेकी पूजाले १८ देखि २२ लाखका दरले रकम असुलेर उनीहरूलाई दिल्लीमा  दिपक श्रेष्ठको जिम्मा लगाएकफ थिइन्। श्रेष्ठले उनीहरूलाई महिना दिनसम्म दिल्लीमा राखेका थिए।

    काठमाडौंबाट रोशन र पूजाले मान्छे पठाउने र दिल्लीमा श्रेष्ठले यताबाट गएकालाई विभिन्न बहाना बनाएर केही समय भुलाउने र पछि नेपाल फिर्ता पठाउने गरेका थिए।

    ७ जनाले आफू ठगिएको भन्दै प्रहरीमा  उजुरी गरे पनि श्रेष्ठ र प्याकुरेलले अरू धेरैलाई ठगी गरेको हुन सक्ने प्रवक्ता थापाले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij