प्रकाशित मिति : आइतवार, फाल्गुन २०, २०७४
सामान्य विवादले ठूलो रूप लिदां पर्साको बहुदरमाई नगरपालिका ६ गमरियामा शनिबार एक व्यक्तिको हत्या भएको छ। सामान्य विवादपछि स्थानीय ४० वर्षीय मोतीलाल साहले सोही ठाउँका ५५ वर्षीय सुकल साह तुराहालाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
कुटपिटबाट घाइते भएका सुकल साहलाई अस्पताल पु¥याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए। कुटपिटमा संलग्न मोतीलाललाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij