आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खुकुरी प्रहारबाट धादिङमा एकजना घाइते, चार पक्राउ

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४



  • धादिङ, फागुन २१ । धादिङको नीलकन्ठ नगरपालिका वडा नम्बर–३ बीचबजारमा सोमबार खुकुरी प्रहारबाट एकजना घाइते भएका छन् ।

    घाइते हुनेमा उत्तरी धादिङको खनियाबास गाउँपालिका–१, झालाङ का २५ वर्षीय राजु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    टाउको, गर्धन र हातमा चोट लागेका तामाङको जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

    आइतबार सामान्य विवादमा भएको झगडामा सोमबार खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

    खुकुरी हान्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउपर्नेमा उत्तरी धादिङको रुविभ्याली गाउँपालिकाका सन्तोष लामा तामाङ, मार्फूस घले, प्रनिष घले र ओम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij