आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फेसबुक ग्रुपबाट हटाएको निहुँमा साथीको हत्या

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २२, २०७४



  • बालाजुस्थित फुलबारीमा अचेत अवस्थामा फेला परेका नुवाकोट सूर्यगडी गाँउपालिका ३ का कुमार सुचिकारलाई उनकै साथीले हत्या गरी फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    गत माघ २७ गते बिहानै अचेत अवस्थामा फेला परेका सुचीकारको उपचारकै क्रममा ट्रमा सेन्टरमा सोही दिन मृत्यु भएको थियो।

    सुचिकारलाई उनकै साथीहरूले फेसबुकको विषयलाई लिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    राजधानीको गोगंबुस्थित गणेश हिमाल विद्यालयमा कक्षा १० मा अध्यनरत सुचीकारलाई फेकबुक ग्रुपबाट हटाएको भन्दै उनका साथीले हत्या गरेको प्रहरीले बताएको छ।

    सुचीकारको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले तार्केश्वर नगरपालिका ४ का १७ वर्षिय समिर मर्हजन, सोही ठाँउका सुजन महर्जन, आईसिङ तामाङ, विशाल पुतुवार, दिनेश नगरकोटी, निर्मल मर्हजन, पेमा गेल्जे शेर्पा र राजन मगर गरी ८ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी विश्वराज खड्काले सेतोपाटीलाई जानकारी दिए।

    प्रहरीका अनुसार सुचीकार लगायत केही युवाहरुको ‘गुहेश्वरी’ नामको एक  फेसबुक ग्रुप बनाएका थिए।

    उक्त ग्रुपबाट सुचीकारले केही साथीलाई हटाएपछि बदला लिन उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी खड्काले जानकारी दिए।

    आफूहरूलाई नसोधेर फेसबुक ग्रुपमा ब्लक गरेको भन्दै पक्राउ परेका अभियुक्तले सुचीकारलाई भेट्न बोलाएर हत्या गरेको अनुसन्धानबाट खुलेको खड्काले जानकारी दिए। उनका अनुसार मृतक सुचीकारलाई एक जना युवतीले फुलबारीमा भेट्न बोलाएकी थिइन्। उनी त्यहाँ पुग्नुभन्दा अगाडि ग्रुपका साथीहरु पुगेका थिए।

    ग्रुपमा ब्लक गरेकै विषयलाई लिएर सुचीकारलाई साथीहरूले इट्टाले टाउकोमा हानेका थिए। त्यसपछि उनको मृत्यु भएको ठानेर नजिकैको नालीमा फालेर उनीहरु आफ्नो बाटो लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    सुचीकारले प्रयोग गर्दै आएको मोवाईल र सिम कार्ड पक्राउ परेका विशाल पुतुवारले प्रयोग गरेको भेटिएपछि त्यसका आधारमा अनुसन्धान अघि बढाइको डिएसपी खड्काले जनाए।

    पक्राउ परेका ८ जनालाई कर्तव्य ज्यान मुद्दा चलाई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij