आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सौताको रिसले घरमा आगो लगाउँदा छोराछोरीको मृत्यु

  • प्रकाशित मिति : सोमवार, चैत्र ५, २०७४



  • रामेछाप, चैत ५ । रामेछापको खाँडादेवी गाउँपालिकाकी एक महिलाले श्रीमान् र सौताको रिसमा आफ्नै घरमा आगो लगाउँदा दुई छोराछोरीको मृत्यु भएको छ ।

    खाँडादेवी–६, माकादुम पन्नेचौरकी दीलबहादुर खत्रीकी जेठी श्रीमती २५ वर्षीया तारा केसीले श्रीमान् र सौताको रिसको झोकमा आफू बस्ने घरमा गएराति आगो लगाएकी हुन् ।

    राती सुतिरहेका उनका ४ वर्षीय छोरा विपीन र २ वर्षीया छोरी रमिताको जलेर मृत्यु भएको हो ।

    आगो लगाउने तारा पनि सामान्य घाइते भएकी छन् । श्रीमानले कान्छी श्रीमती ल्याएपछि तारा छुट्टै बस्दै आएकी थिइन् ।

    आगो लगाउने तारा र उनको श्रीमान् दिलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij