आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नक्कली सुन देखाइ २८ लाख ६० हजार ठगी, दुईजनालाई प्रहरीले पक्रियो

  • प्रकाशित मिति : बिहिबार, बैशाख ६, २०७५



  • काठमाडौं, वैशाख ६ । महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुन बेच्ने दुईजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

    नक्कली सुन देखाइ २८ लाख ६० हजार रुपैयाँ ठगी गर्ने दुईजनालाई प्रहरीले काठमाडौंको नागार्जुनबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रामेछाप घर भइ भक्तपुर बस्दै आएका अजय तामाङ र सोही ठाउँ बस्ने विष्णु मोक्तान रहेका छन् । उनीहरुलाई स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    पहेंलो धातुलाई सुनको लेप लगाइ सक्कली सुन भन्दै उनीहरुले बेच्ने गरेको खुलासा भएको छ ।

    सोही कान्डमा संलग्न झापा घर भएका कर्ण लिम्बू भने फरार रहेको र उनको खोजी भइरहको प्रहरीले जनाएको छ ।

    विद्युतीय उपकरणहरु चोरी गर्ने फन्दामा
    यसैगरी, बिहीबारै उपत्यकाका विभिन्न स्थानबाट विद्युतीय उपकरणहरु चोरी गर्ने दुईजनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

    उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कपन र महानगरीय प्रहरी वृत्तको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुवास खड्का र दिपेश श्रेष्ठ रहेका छन् ।

    उनीहरुको साथबाट प्रहरीले मोबाइल ३३ थान, टीभी, पावर बैंक, स्टील क्यामेरालगायत दर्जनौं विद्युतीय उपकरण बरामद गरेको छ ।

    उनीहरुको साथबाट प्रहरीले ४३ हजार ५०० नेपाली र २ हजार भारतीय रुपैयाँसमेत बरामद गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij