प्रकाशित मिति : शुक्रबार, बैशाख २८, २०७५
क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्षीय दिनेश सुब्बा, दमक नगरपालिका–१ बस्ने २२ वर्षीय आशिष सुब्बा, दमक नगरपालिका–२ बस्ने २८ वर्षीय दीपक सुब्बा, दमक नगरपालिका–२ बस्ने ४४ वर्षीय मनतुला धिमाल, भारतको सिक्किम राज्य गान्तोक बस्ने ४० वर्षीय भूपाल राई र पश्चिम बंगाल राज्य बस्ने ३३ वर्षीय पवन राई रहेको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारले जनाएको छ ।
सङ्क्रान्तिबजारमा बुधबार दिउँसो क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेका धर्मावलम्बीलाई भारतीय नम्बर प्लेट भएको गाडीसहित स्थानीय सूचनाका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले बताए । पक्राउ परेकालाई बिहिबार सार्वजनिक गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, तेह्रथुम पठाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij