आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अपांगता भएकी पूर्वलडाकू बलात्कृत

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ९, २०७५



  • रोल्पा, जेठ ९ । रोल्पाको त्रिवेणी गाउँपालिका–५ की अपांगता भएकी २५ वर्षीया एक महिला बलात्कृत भएकी छन् ।

    पूर्व माओवादी लडाकूसमेत रहेकी ती महिला माओवादी युद्धताका अपांग भएकी थिइन् ।

    बोल्न नसक्ने तथा हातखुट्टा नचल्ने अवस्थामा रहेकी उनलाई सोही गाउँका ५१ वर्षीय हरिप्रसाद कामीले जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ ।

    घरमै बसिरहेको अवस्थामा अपांग महिलालाई जबर्जस्ती करणी गर्ने कामीलाई प्रहरीले पक्राउ गरी कानूनी कारबाहीका जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताइएको छ ।

    जिल्ला अस्पताल, रेउघामा स्वास्थ्य परीक्षणपछि महिलालाई घर पठाइएको तथा अभियुक्त कामीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।

    अभियुक्त कामीलाई जबर्जस्ती करणीअन्तर्गत कारबाही गरिने प्रहरीले जानकारी दिएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij