मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

चीनले गर्‍यो सवारी साधन आयात शुल्कमा भारी कटौती

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ९, २०७५



  • चीनले आगामी जुन १ देखि लागु हुनेगरी सवारी साधन र पाटपूर्जा आयात गर्दा लाग्ने करमा भारी कटौती गरेको छ।

    चीनियाँ अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यात्रुबाहक कार र केही ट्रकमा लाग्दै आएको २५ प्रतिशत भन्सार शुल्क र २० प्रतिशत आयात कर घटाएर १५ प्रतिशत बनाउने निर्णय गरिएको जनाएको छ। यो कटौती क्रमशः ४० र २५ प्रतिशत हो।

    ७९ किसिमका मोटर पाटपूर्जामा लाग्दै आएको ८ देखि २५ प्रतिशतसम्मको भन्सार शुल्क पनि ६ प्रतिशतमा झार्ने मन्त्रालयको निर्णय छ। यो औसतमा ४६ प्रतिशत कटौती हो।

    ‘चीन बहुपक्षीय व्यापार प्रणालीको बचाउ गर्छ। सवारी साधनमा आयात शुल्क घटाउनु  सुधार र खुलापनतर्फको  प्रमुख कदम हो,’ चिनियाँ अर्थ मन्त्रालयले भनेको छ।

    यो कटौतीसँगै अब चीनमा सवारी साधनमा औसतमा १३.८ प्रतिशत र मोटर पार्टपूर्जामा ६ प्रतिशत आयत शुल्क लाग्ने भएको छ।

    चीनले सवारी साधनमा १७८ र मोटरमा पाटपूर्जामा ९७ किसिमका शुल्क लगाउँदै आएको छ।

    अर्थ मन्त्रालयले भविष्यमा सवारी आयात शुल्क घटाउने कुरालाई निरन्तरता दिने कि नदिने भन्ने सवारी उद्योग प्रतिष्पर्धात्मक क्षमता र विकासमा भर पर्ने बताएको छ।

    दुई देशका अधिकारीबीच चीन र अमेरिकाको व्यापार सन्तुलन गर्न चीनले अमेरिकी सामान र सेवाको खरिद बढाउने सहमति भएको केही दिनमै चीनले सवारी साधन आयात गर्दा लाग्ने शुल्क घटाएको हो।

    अघिल्लो वर्ष चीनले २ करोड ९० लाख सवारी साधन बनाएको थियो भने तीमध्ये २ करोड ८८ लाख बेचेको थियो। सोही अवधिमा उसले १२ लाख सवारी साधन आयात गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij