प्रकाशित मिति : बिहिबार, जेष्ठ १०, २०७५
पाकिस्तानको एक विश्वविधालयले आफ्ना छात्र तथा छात्रालाई सँगै हुँदा एकअर्कासँग ६ इन्चको दुरी कायम गर्न भनेको छ। निर्देशन सार्वजनिक भएपछि विश्वविधालयको सामाजिक संजालमा ठूलो आलोचना भइरहेको छ।
पाकिस्तानको राजधानी इस्लामाबादमा आधारित बहरिया विश्वविधालयले गत साता कराची, लाहोर तथा इस्लामाबादमा रहेका आफ्ना ३ क्याम्पसहरूमा सो नियम लागु गर्न निर्देश गरेको थियो।
त्यस्तै उसले पोशाकमा सम्बन्धी जारी गरेको निर्देशनको सूचना सामाजिक संजालमा भाइरल भएपछि त्यसको भारी मात्रामा विरोध भइरहेको छ।
जारी गरिएको सो निर्देशको पत्रमा सबै विभाग प्रमुख र सुरक्षा विभागलाई छात्रा र छात्रविच एकअर्काबाट न्यूनतम ६ इन्चको दुरी भएनभएको निश्चित गर्ने भनिएको छ।
त्यस्तै छात्रा छात्रले एकअर्कालाई स्पर्श गर्न र निकट हुन कडा रूपमा वर्जित गर्दै सो गरिएमा गम्भिर अनुशासन उलघंनको कारवाही गर्ने पनि जनाएको छ।
विश्वविधालयले यस्तो नियम लगाएपछि फेडेरेसन अफ अल पाकिस्तान युनिभर्सिटिस एकेडेमिक स्टाफ एसोसियसनले बाहरिया विश्वविधालयसँग सो निर्देशन फिर्ता लिन माग गरेको छ।
एसोसियसनका प्रमुख डा. कालेमुल्लाह बारेडले सो निर्देशन मूर्खतापूर्ण र विद्यार्थीलाई दोधारमा पार्ने प्रतिक्रिया दिएका छन्।
तर सो विश्वविधालयकी प्रवक्ता मेहविस कमरानले जारी गरिएको निर्देशनको बचाउ गर्दै विधार्थीमा अनुशासन कायम गर्न नियम लगाएको बताइन्।
‘त्यसमा कुनै गलत कुरा छैन’, भन्दै उनले ६ इन्चको दुरी कायम गर्नुको भन्नुको अर्थ व्यक्तिगत दुरी कायम होस भन्ने भएको बताएकी छन्।
गत वर्ष एक अन्तराष्ट्रिय इस्लामिक विश्वविधालयले पोसाक नियम लागु गरेपछि चर्को आलोचना खेपेको थियो। उसले महिला विद्यार्थीहरूले डिप नेक, स्लिभलेस, टाइट जिन्स, मेकअप आदि लगाउन प्रतिबन्ध लगाएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij