प्रकाशित मिति : बिहिबार, भदौ ७, २०७५

रामेछाप । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ ।
मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित निवासमा बसिरहेका बेला सुवेदीमाथि गएराति छुरा प्रहार भएको हो ।
मुखमा मास्क लगाएर पसेका अज्ञात व्यक्तिले उनलाई छुरा प्रहार गरी फरार भएका थिए ।
उनको तत्कालै उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा ल्याइएकोमा त्यहाँ प्राथमिक उपचारपछि धुलिखेल अस्पताल पठाइएको थियो ।
धुलिखेल अस्पतालमा उनको शल्यक्रिया भएको छ ।
घटनास्थलबाट प्रहरीले छुरा बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij