प्रकाशित मिति : शनिबार, भदौ १६, २०७५
कञ्चनपुरमा शुक्रबार दिउँसो एक १६ वर्षीया किशोरीमाथि करणी गरेको अभियोगमा एक पक्राउ परेका छन्।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले किशोरीको बलात्कार गरेको अभियोगमा मान बहादुर विष्टलाई पक्राउ गरेको हो।
शुक्रबार करिब दिउँसो साढे २ बजेतिर कञ्चनपुर बेल्डांडी गाउँपालिका १ स्थित किशोरीलाई आफ्नै घरमा पूजापाठ गरी डिजे बजाइ नाचगान गरिरहेको बेला दुई जना केटाले बोलाएर लगेर करणी गरेका थिए।
छोरी हराएपछि परिवार र स्थानीयले खोजतलास गर्दै जाँदा उद्धार गरेर ल्याएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij