आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भन्सार छलेर ल्याइएका लाखौंका कपडा बरामद

  • प्रकाशित मिति : सोमवार, भदौ १८, २०७५



  • news

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलेका र न्यून बिजकीकरण गरेर ल्याएका लाखौ रुपैंयांका कपडा बरामद गरेको छ ।

    वीरगञ्जबाट काठमाण्डौं लैजादैं गरेको ना ३ ख ४३५९ नम्वरको ट्रकलाई चितवन प्रहरीले भरतपुरको गोन्द्रागबाट समानसहित नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शिव आचार्यले ट्रकमा लोड गरिएको कपडा काठमाण्डौंका विभिन्न पसलहरुको नाममा ल्याइएको जानकारी दिएका छन् ।

    ट्रकमा लाखौं मुल्यका कपडा ल्याइएपनि भन्सारमा ब्यापारीहरुले सेटिङ मिलाएर न्यून बिजकीकरण गराएको देखिएको डिएसपी आचार्यले जानकारी दिए ।

    चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले चाडपर्वका बेलामा भन्सार छलेर वा न्यून बिजकीकरण गरेर सरकार र जनता दुवैलाई ठग्ने यस्ता प्रवृत्ति र कामप्रति प्रहरी कठोर रुपमा प्रस्तुत हुने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij