प्रकाशित मिति : बुधबार, भदौ २०, २०७५
१० वर्षिया छोरीलाई बलात्कार गरेको अभियोगमा ललितपुरमा १ जना पक्राउ परेका छन्।
ललितपुर प्रहरीले सम्बन्धविच्छेद भइसकेकी श्रीमतीतर्फकी छोरीलाई बलात्कार गरेको उजुरी परेपछि बाडेगाउँबाट एक जना पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी विनोद सिलवालले जानकारी दिए।
उनका अनुसार प्रारम्भिक अनुसन्धानमा अभियुक्तले श्रीमतीसँग सम्बन्धविच्छेद गरे पनि छोरी उनैसँग बस्ने गरेको देखिएको छ।
कान्छी श्रीमती माइती गएको बेला उनले आफ्नै छोरीमाथि बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो।
प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गरेको र अभियुक्तमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।
पछिल्लो समय देशभरि बालिका र किशोरी बलात्कारका घटना सार्वजनिक भइरहेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij