मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

इथियोपियाको मन्त्रिपरिषद् विश्वकै नमूना, आधा पद महिलाकै पोल्टामा

  • प्रकाशित मिति : बुधबार, अशोज ३१, २०७५



  • news

    काठमाडौं । इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले आफ्नो मन्त्रिपरिषद्मा आधा पद महिलालाई दिएका छन् ।

    उनले मन्त्रीको संख्यासमेत कटौती गरेर महिलालाई प्राथमिकताका साथ आधा हिस्सा उपलब्ध गराएका हुन् ।

    महिलाहरु कम भ्रष्ट हुने र देशमा शान्ति र स्थिरता ल्याउन सहयोग पुग्ने विश्वासका साथ उनले मन्त्रिपरिषद्को आधा सदस्य महिला नियुक्त गरेका हुन् ।

    २० सदस्यीय मन्त्रिपरिषदका मुख्य मन्त्रालयहरुमा महिलालाई जिम्मेवारी दिइएको छ ।

    नयाँ सिर्जना गरिएको शान्ति मन्त्रालयका साथै संघीय प्रहरी र गुप्तचर निकायका मुख्य जिम्मेवारी पनि महिलालाई दिइएको छ ।

    शान्ति, व्यापार तथा उद्योग र रक्षा मन्त्रालय समेतका महत्वपूर्ण मन्त्रालय महिलालाई दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छन् ।

    राष्ट्रिय रक्षा मन्त्रालयमा आइसा मोहम्मदलाई जिम्मेवारी दिइएको छ र यो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने उनी पहिलो महिला हुन् ।

    संसदमा पूर्व सभामुख रहेकी मुफेरियात कामिललाई शान्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    यसअघिको मन्त्रिपरिषदमा २८ जना मन्त्री थिए, जसमा पाँच जना मात्र महिला थिए ।

    गत अप्रिलमा कार्यभार सम्हालेयता ४२ वर्षीय प्रधानमन्त्री अबियको यो पछिल्लो नाटकीय परिवर्तन हो ।

    प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रियासँगको दुई दशकदेखि जारी द्वन्द्वलाई समाप्त गरेका थिए ।

    उनले विपक्षीहरुलाई कारागारमुक्त गर्नुका साथै विगतमा प्रतिबन्धित धेरै समूहलाई स्वदेश फर्काउने नीति ल्याएका थिए ।

    प्रधानमन्त्री अबियले राज्य नियन्त्रित प्रमुख उद्योग व्यवसायलाई निजीकरण गर्ने योजना सार्वजनिक गरेका छन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij