आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लागुऔषध र रिभल्वरसहित काठमाडौँमा २ जना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ४, २०७५



  • काठमाडौँ । लागुऔषध र रिभल्वरसहित दुई जना राजधानीबाट पक्राउ परेका छन् ।

    ‘भक्तपुरतर्फबाट मोटरसाइकलमा लागू औषध कारोवार आउँदै छ,’ भन्ने विशेष सूचनाको आधारमा चेक जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–३ घर भएका २७ वर्षीय मनपुरण चौधरी र सोही स्थानका २७ वर्षीय भुवन परियार रहेका छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरिक्षक होमिन्द्र वोगटीका अनुसार सूचना पाएपछि महानगरीय प्रहरी वृत्त वानेश्वर, कोटेश्वर र कांडाघारीको प्रहरी टोलीले भक्तपुरबाट आउने नाकाहरुमा चेकप्वाईन्ट राखि चेकजाँच गरेको थियो ।

    सोही क्रममा मंसिर २ गते करिब साढे ६ बजेको समयमा कामनपा–३२ जडिवुटी ढुङ्गेधारा नजिक ज ११ प ४८६६ नम्बरको मोटरसाइकल रोकी मोटरसाइकलमा सवार व्यक्तीहरुको चेकजाँच गर्दा उनीहरुको साथमा लागुऔषध र रिभल्वर फेला परेको थियो ।

    प्रहरीका अनुसार उनीहरुको साथमा ८४० वटा नाईट्रभेट ट्याब्लेट र रिभल्वर एक थान फेला परेको थियो ।

    दुवैलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त वानेश्वरमा वरामद सामानसहित राखिएको छ ।

    हाल काठमाडौँ जिल्ला अदालतबाट लागु औषध र हातहतियार मुद्दामा दिन ५ को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij