आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यज्ञमा हवन गर्दा ‘स्वाहा’ किन भनिन्छ ? यस्तो छ महत्व

  • प्रकाशित मिति : आइतवार, पुस २२, २०७५



  • ‘स्वाहा’को महत्व हामीमध्ये धेरैजनालाई थाहा छैन। ऋग्वैदिक आर्यहरुले यज्ञ गर्ने परम्पराका दौरान देवतासमक्ष हवन गरिएकाे सामग्री पुर्याउनका लागि अग्निको प्रयोग आरम्भ गरे। किन्तु यज्ञ वेदीमा हवन गर्ने बेला ‘स्वाहा’ शब्दको उच्चारण गरिन्थ्यो । वास्तवमा ‘स्वाहा’को अर्थ आफैंमा धेरै रोचक छ।

    देव आह्वानका लागि मन्त्र पाठ गर्दै ‘स्वाहा’ शब्दको उच्चारण गरेर निर्धारित हवन सामग्रीको भोग अग्निको माध्यमबाट देवतासमक्ष पुर्याइन्छ । यो स्वाहाको निर्धारित नैरुक्तिक अर्थ हो, ‘सही रीतिपूर्वक पुर्याउनु ।’ परन्तु के र कसलाई ? अर्थात आवश्यक भौगिक पदार्थ उसको प्रिय समक्ष पुर्याउनु । हवन अनुष्ठानको यो अन्तिम र महत्वपूर्ण क्रिया हो। कुनै पनि यज्ञ तबसम्म सफल मानिदैन, जबसम्म हवन गरिएको सामग्रीको ग्रहण देवताले गर्दैनन्। देवता यस्तो ग्रहण तब मात्रै गर्न सक्छन्, जब ‘स्वाहा’ उच्चारण गरेर अग्निमा अर्पण गरिन्छ।

    निश्चित रूपमा मंत्र विधान संरचनको आरम्भमा नै यो तथ्यामा विचार गर्न शुरु भएको थियो कि आखिर हवन गरिएको सामग्री कसरी देवतासमक्ष पुर्याउने ? विविध उपायद्वारा कैयौं प्रयास याज्ञिक विधानलाई संचालित गर्न व्यक्त गरियो। अन्ततः अग्निलाई माध्यमको रुपमा सर्वश्रेष्ठ पाइयो भने उपयुक्ततम शब्दको रुपमा ‘स्वाहा’को गठन भयो।

    अग्नि र स्वाहासँग सम्बन्धित पौराणिक आख्यान पनि धेरै रोचक छन्। श्रीमद्भागवत तथा शिव पुराणमा स्वाहासँग सम्बन्धित वर्णन गरिएको छ। यसको अतिरिक्त ऋग्वेद, यजुर्वेद आदि वैदिक ग्रन्थमा अग्निको महत्वबारे अनेक रचना गरिएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij