मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

सिरिया र इराक एक हप्ताभित्रै इस्लामिक स्टेटबाट मुक्त हुने ट्रम्पको दावी

  • प्रकाशित मिति : बिहिबार, माघ २४, २०७५



  • वासिंटन, माघ २४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस)ले कब्जा गरेको इलाकालाई अमेरिकी नेतृत्वको सेनाले आगामी हप्ताभित्र पूर्णरुपमा नियन्त्रणमा लिइसक्ने दावी गरेका छन् ।

    राष्ट्रपति ट्रम्पले अमेरिकी गठबन्धनका सहयोगीहरुसँग आगामी हप्ता कुनै पनि समय आइएसले कब्जा गरेको क्षेत्रलाई शतप्रतिशत नियन्त्रणमा लिएको घोषणा गरिने जनाए । उनले पछिल्लो दुई बर्षमा दुई हजार वर्गमाइल क्षेत्रलाई कब्जामुक्त गरिएको भन्दै युद्धको मैदानमा विजयी भएको जिकिर गरे ।

    राष्ट्रपति ट्रम्ले आफुहरुले जितपछि जित हासिल गरिरहेको स्पष्ट पारे । उनले दुई महिना पहिले सिरियामा जिहादीहरुलाई हराएको भन्दै त्यहाँबाट अमेरिकी सेनालाई फर्काउने घोषणा यसअघि नै गरिसकेका छन् ।

    बासिंटनमा अमेरिकाले अगुवाइ गरेको गठबन्धनको बैठकमा राष्ट्रपति ट्रम्पले सिरियामा अब आइएसको केवल अवशेषमात्र बाँकी रहेको दावी गरे ।

    यसअघि बैठकमा बोल्दै विदेशमन्त्री माइक पोम्पियोले अमेरिकाले सिरियाबाट आफ्ना सेना फिर्ता बोलाए पनि आइएसविरुद्धको लडाईँ जारी राख्ने बताए । उनले आइएसको कब्जाबाट फुत्काइएका इलाकाको पुनर्निर्माणका लागि सहयोग रकम जुटाउन पनि आह्वान गरे ।

    आइएसविरुद्ध करिब ८० देशले मोर्चाबन्दी गरेका छन् । यो गठबन्धन सन् २०१४ देखि आइएसविरुद्ध लडिरहेको छ । राष्ट्रपति ट्रम्पले गठबन्धन सहयोगीहरुलाई धन्यवाद दिँदै आगामी कयौं बर्षसम्म मिलेर काम गर्ने प्रतिबद्धता जनाए । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij