आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रोजेको गीतमा नाच्न नपाउँदा हानियो खुकुरी, तीन घाइते

  • प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५



  • ताप्लेजुङ : विवाहमा आफूले रोजेको गीतमा नाच्न नपाउँदा स्थानीय युवाहरुले पाहुना गएका चार जनालाई खुकुरी प्रहार गरेका छन्। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीस्थित एक विवाहमा स्थानीय युवाहरुले नाच्न नपाएको झोँकमा पाहुना खुकुरी प्रहार गरेका हुन्।

    फूलकारीका ६ जना युवाको समुहले ढुङ्गा, मुढा र खुकुरीसहित आक्रमण गर्दा ३ जना घाइते भएको प्रहरीले जनाएको छ। ‘आइतबार राती विवाह सकिएपछि नाच्ने क्रममा स्थानीय युवाहरुबीच गीत छनौट कुरालाई लिएर विवाद भएको थियो। फुङलिङ नगरपालिकाबाट गएका युवाहरुले सम्झाएछन्,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सञ्जय सिंह थापाले भने, ‘त्यसपछि हामीलाई तिमीहरुले सम्झाउने ? भन्दै घर फर्कँदै गरेको अवस्थामा बाटो ढुकेर आक्रमण गरी फरार भएछन्।’

    राती साढे २ बजे स्थानीय दिलबहादुर तामाङको छोरीको विवाहमा पाहुना गएका फुङलिङ नगरपालिका–८ दोखुका कर्णबहादुर सुनुवार, पेम्बा शेर्पा र पासाङ शेर्पा घाइते भएका छन्। टाउकोमा चोटा लागेका उनीहरुको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र रिफर गरिएको छ। खुकुरी प्रहार गर्नेको खोजी भइरहेको डिएसपी थापाले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij