आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अदालतबाट अभियुक्त फरार

  • प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५



  • कैलाली, माघ २९ । बलात्कारको आरोपमा पक्राउ परेका एक अभियुक्त कैलाली जिल्ला अदालत परिसरबाट फरार भएका छन् ।

    जबर्जस्ती करणी मुद्दामा म्याद थपका लागि अदालत लगिएका अभियुक्त मंगलबार दिउँसो फरार भएको प्रहरीले जनाएको छ ।

    कैलालीको लम्कीचुहाका २३ वर्षीय दिल्प दमाइँलाई जिल्ला अदालतमा म्याद थपका लागि लगिएकामा उनी अदालत परिसरबाट हतकडी लगाएकै अवस्थामा फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय लम्कीले सोमबार दमाइँलाई पक्राउ गरी प्रहरी नायव निरीक्षक जनक सिंहको नेतृत्वमा म्याद थपका लागि जिल्ला अदालत ल्याइएको थियो ।

    अदालतमा फाइल पेस गर्नेक्रममा उनी हतकडी लगाएकै अवस्थामा भागेको प्रहरीले जनाएको छ ।

    उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

    अदालतबाट दिउँसो २ बजेतिर उनी भागेका हुन् । दमाइँको खोजीका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको र जिल्लाबाहिर निस्कने सीमामासमेत निगरानी बढाइएको प्रनाउ वलीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij