प्रकाशित मिति : बुधबार, जेष्ठ ८, २०७६
पर्सा । बारा परवानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ती किशोरीलाई बलात्कार गरेका हुन् ।
बलात्कार गरिरहेकैबेला स्थानीयले मण्डललँई नियन्त्रण गरेर प्रहरीको जिम्मा लगाएकाथिए । अर्का व्यक्ति भने भागेका छन् । करिब १६ वर्ष उमेरकी किशोरीलाई आइतबारदेखि गाउँमा देखिएकी थिइन् । उनी कहाँबाट आएकी हुन् भन्ने स्थानीय कसैलाई थाहा छैन ।
किशोरीलाई मानव सेवा आश्रम वीरगन्जले आश्रय दिएको छ । किशोरी शारीरिक रूपमासामान्य देखिन्छिन् । तर उनी आफ्नो तथा अभिभावकको नाम, ठेगाना बताउन सक्दिनन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij