शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पर्यटकका लागि खुला गरिदैँ नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६



  • बीबीसी । अर्को वर्ष पर्यटकहरु नासाको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (स्पेस स्टेसन)मा जान सक्ने भएका छन् । यसका लागि उनीहरुले एक रातको ३५ हजार अमेरिकी डलर खर्च गर्नु पर्ने हुन्छ ।

    अमेरिकी अन्तरिक्ष एजेन्सीका अनुसार उसले अन्तरिक्ष स्पेस स्टेसन पर्यटन तथा व्यापारिक प्रयोजनका लागि उपयोग गर्न थालेको हो । अन्तर्राष्ट्रिय स्पेस स्टेसनका उप–निर्देशक रोबिन ग्याटेन्सका अनुसार हरेक वर्ष कम अवधिका लागि दुई वटा निजी अन्तरिक्ष मिसन पठाइनेछ । यसको खर्च पनि निजी कम्पनीले नै व्यहोर्ने छन् ।

    नासाका अनुसार निजी अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसनसम्म जानलाई ३० दिनको समय दिइनेछ । उनीहरु अमेरिकी स्पेसक्राफ्टबाट यात्रा गर्नेछन् । अन्तर्राष्ट्रिय स्पेस स्टेसन अन्तरिक्षको बाहिरी भागमा रहेको छ । यसबाट अन्तरिक्षसँग जोडिएका विषयमा अनुसन्धान गरिँदै आएको छ ।

    Embedded video

    NASA

    ✔@NASA

    .@Space_Station is open for commercial business! Watch @Astro_Christina talk about the steps we’re taking to make our orbiting laboratory accessible to all Americans.

    1,209 people are talking about this

    यो स्पेस स्टेसन एक प्रकारले कृत्रिम उपग्रहजस्तै हो । जहाँ मानिस रहेका हुन्छन् र काम पनि गरिरहेका हुन्छन् । खोज तथा अनुसन्धानका लागि यसको व्यापक प्रयोग हुँदै आएको छ । नासाका अनुसार निजी कम्पनीले नै क्रू मा को–को रहने भन्ने कुराको तय गर्नेछन् । साथै अन्तरिक्ष यात्रीको अन्तरिक्ष उडानका लागि चाहिने तालिम तथा स्वास्थ्य सेवा पनि उसैले उपलब्ध गराउनेछ । हरेक वर्ष १२ जना निजी अन्तरिक्ष यात्रीलाई स्पेस स्टेसनमा लगिनेछ ।

    नासाले यसका लागि दुई वटा कम्पनीलाई नियुक्त गरेको छ । एउटा एलन मस्कको स्पेस एक्स छ घने अर्को बोइङ ।  स्पेस एक्सले आफ्नो ड्रागन क्याप्सुलमार्फत यात्रीलाई अन्तरिक्षमा लैजानृछ भने बोइङले बोइङ स्टारलाइनर नामको स्पेसक्राफ्ट बनाइरहेको छ । यी कम्पनीले यात्रीसँग त्यति नै पैसा लिनेछ जति नासाले आफ्ना अन्तरिक्ष यात्रीसँग लिँदै आएको छ । यसभन्दा पहिले नासाले स्पेस स्टेसनलाई व्यावसायिक प्रयोग हुनबाट रोकेको थियो । नासाबाट गएका अन्तरिक्ष यात्री कुनै कम्पनीका लागि अनुसन्धानमा भाग लिन पाउँदैनथे ।

    यो स्टेसनको मालिक नासा भने होइन ।  रुससँग मिलेर अमेरिकाले सन् १९९८ मा यो स्टेसन बनाउन सुरु गरेको थियो ।  सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटो अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा जाने पहिलो पर्यटक थिए । उनले दुईतर्फी यात्राका लागि रुसलाई दुई करोड अमेरिकी डलर तिरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij