प्रकाशित मिति : सोमवार, असार ९, २०७६
सोल । हुन्डी कारोबारको आरोपमा एनआरएनए दक्षिण कोरियाका कोषाध्यक्ष आलोक बानियाँलाई कोरिया सरकारले देश निकाला गरेको छ ।
राजधानी सोल नजिकैको तोङ्देमुन शहरबाट एक महिनाअघि पक्राउ परेका उनलाई हिरासतमा राखेर नेपाल पठाएको हो।
बानियाँले सस्तो दरमा नेपाल रकम पठाइदिने भन्दै नेपाली कामदारको अवैधानिक रुपमा रकम सङ्कलन गरेको पुष्टि भएपछि उनलाई प्रहरीले देश निकाला गरेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij