प्रकाशित मिति : मङ्लबार, असार १०, २०७६
महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ६ कल्हवाबाट असार ९ गते एपीएफ टोलीले
बिभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका ४ बस्ने ३६ वर्षीय
राजाराम साह छन ।
ज.४ प ६१०२ नम्वरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउदै गरेका निज
साहलार्ई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सी महोत्तरीबाट
खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा उनको साथमा स्पास्मो प्रोक्सिभन
क्याप्सुल ५२ वटा र डाईलेक्स डिसी २ बोतल फेला परेपछि उनलाई पक्राउ
गरिएको हो ।
पक्राउ परेका निज साहलाई बरामद लागुऔषध तथा मोटरसाईकल सहित आवश्यक
कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij