प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६
प्रेमीसँग भागेर बिहे गरेकी गर्भवती छोरीलाई आफ्नै पिताले मारेको खुलासा भएको छ । केही दिनअघि भएको यो हत्याको रहस्य खोज्दै जाँदा ती युवतीले परिवारको अनुमति बिना प्रेमीसँग बिहे गरेकोले उनका पिताले उनको हत्या गरेको पाइएको हो । केही दिनअघि मुम्बइको घाटकोपरमा २० वर्षकी ती गर्भवतीको लाश भेटिएको थियो । आइतबार फुटपाथमा उनको लाश भेटिएको थियो ।
मृतक मिनाक्षी चौरसिया ४ महिनाकी गर्भवती थिइन् । शनिबार उनका पिता राजकुमार चौरसियाले छोरीको छाउको र अनुहारमा चक्कुले प्रहार गरेका थिए जरका कारण उनको मृत्यु भयो । मिनाक्षीले गत फेब्रुअरीमा मध्यप्रदेश गएका बेला बृजेश नामका एक युवकसँग कोर्ट म्यारिज गरेकी थिइन् । पिताले भने मुम्बइकै अर्का युवकसँग उनको बिहे तय गरेका थिए । यसको लागि पूरा तयारी भइसकेको थियो र कार्डसमेत छापिइसकेको थियो तर छोरीले बिहे गरेको थाहा पाएपछि राजकुमार रिसाएका थिए ।
छोरी भागेको र आफूले तय गरेको बिहे तोडिएपछि राजकुमार लज्जित थिए । तैपनि उनले बिहे स्वीकार गर्दै छोरीलाई गाउँ नजान भनेका थिए । तर, हालै जब मिनाक्षी गणपति महोत्सवमा गाउँ गएपछि राजकुमार रिसाएका थिए । शनिबार साँझ बाबुछोरीमा बहस भएको थियो । त्यसपछि पिताले छोरीलाई भेट्न बोलाए । भेट्न आएकी छोरी पिताको पाउ छुनका लागि झुकेका बेला पिताले आक्रमण गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij