प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६
मेवालाल यादव । रौतहटको चन्द्रनिगाहपुरमा युवती बलात्कार आरोपमा एक प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले २० वर्षीया युवती बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई पक्राउ गरेकाे हाे ।
पीडित युवतीको जाहेरीका आधारमा साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिएका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक साहले गत असार ३१ गते चपुरको माउण्ट एरिवा गेष्ट हाउसमा युवतीलाई बलात्कार गरेको जाहेरीमा उल्लेख रहेकाे छ।
पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट म्याद थप गराई जबरदस्ती करणी गरेको आरोपमा अनुसन्धान अगाडि बढाइएको डिएसपी कटवालले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij