आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रातमा साथीको कोठामा गइन् किशोरी, १२ जनाले बलात्कार गरेर भिडियो बनाए

  • प्रकाशित मिति : आइतवार, साउन ५, २०७६



  • काठमाडौं। एक १९ वर्षकी किशोरीले दावी गरेकी छिन् कि जब उनी रातमा एक युवकको कोठामा गइन् त्यही बेला अचानक युवकका अन्य ११ जना साथीहरु आए र सबैले बलात्कार गरे । घटना साइप्रसको हो, जहाँ बेलायती कशोरी एक सस्तो रिसोर्टमा बसेकी थिइन् । किशोरीले आफू एक युवकसँग कोठामा भएको स्वीकार गरेकी छिन् ।

    किशोरीको उजुरीपछि सबै १२ जना युवकविरुद्ध बलात्कारको मुद्दा चलाइएको छ । आरोपी सबै युवकहरु इजरायलका हुन् । किशोरीका अनुसार ती युवकहरुले उनी बेहोस भएपछि मात्र छोडेका थिए । किशोरीको शरीरमा चोटका कैयौं निशान पाइएका छन् । किशोरी साइप्रसको अयी नपा शहरमा पेम्बोस नपा रक्स होटलमा बसेकी थिइन् ।

    घटना होटलको दोस्रो तलाको त्यो कोठामा भयो जहाँ इजरायली युवक आफ्ना दुई साथीहरुसँग बसेका थिए । किशोरीका अनुसार रातको १ बजेसम्म ती युवकहरुले उनलाई बलात्कार गरिरहे । किशोरीका अनुसार उनले आफूसँग सुरुमा भएका युवकसँग भने शारीरिक सम्बनध बनाइसकेकी थिइन् । पुलिसले सबै युवकहरुलाई पक्राउ गरेको छ ।

    युवकहरुलाई बिहीबार अदालतमा पेश गरियो । पुलिसले डिएनएको जाँच रिपोर्ट पर्खिरहेको छ । स्थानीय मिडियामा एक युवक र पीडित युवतीको इन्स्टाग्राम म्यासेज पनि प्रकाशित गरिएको छ । पुलिसका अनुसार किशोरी नयाँ होटलमा सरेकी छिन् र उनलाई काउन्सिलरको सुविधा उपलब्ध गराइएको छ । बेलायती दूतावासले पनि किशोरीसँग सम्पर्क गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij