सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

तरुण दलद्वारा घाइते शिशुको उद्धार

  • प्रकाशित मिति : सोमवार, साउन १३, २०७६



  • खोटाङ । घर आगनको आगोमा परेर गम्भीर घाइते बनेका केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित लङ्खाका पाँच महिने शिशु प्रवीण राईको उद्धार गरिएको छ। गत असार २७ गते आफनै घरको अगेनामा परेर दुवै हातको नाडीमाथिको भाग र निधार डढेर गम्भीर घाइते भएका शिशुलाई नेपाल तरुण दल खोटाङले चन्दा उठाएर थप उपचारका लागि आइतबार उद्धार गरेको हो।

    खर्च अभावमा सुविधा सम्पन्न अस्पताल जान नसकेका घाइते शिशुका आमा निर्मला राईलाई तरुण दलका जिल्ला अध्यक्ष भीषण राईले चन्दा सङ्कलन गरेर जम्मा भएको रु एक लाख १३ हजार ३६५ हस्तान्तरण गरे। घाइते प्रवीणलाई जिल्ला अस्पताल दिक्तेलमा ल्याए पनि आवश्यक उपचार नभएको र खर्चसमेत नभएकाले घर फर्कने तयारी गरिरहेको अवस्थामा थप उपचार गराउन तरुण दलले चन्दा सङ्कलन गरेको हो।

    खर्च नहुँदा तीन दिनदेखि अस्पतालमा गम्भीर घाइते बनेका शिशुलाई राखिएको जानकारी प्राप्त भएपछि चन्दा उठाएर आइतबार साँझनै काठमाडौँस्थित कान्ति बाल अस्पताल पठाइएको अध्यक्ष राईले बताए । “यातायात व्यवसायीलाई आग्रह गरेर घाइते बच्चा र आमालाई गाडीमार्फत निःशुल्क काठमाडौँ पठाइएको छ”, उनले भताए, “उनीहरुलाई सम्पर्क गर्न मोबाइल सेट र सिमसमेत खरीद गरेर प्रदान गरिएको छ।”

    काठमाडौँमा पनि नेपाली काङ्ग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिले शिशुको निःशुल्क उपचारको व्यवस्था मिलाउने जनाइएको छ । काङ्ग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला अस्पताल खोटाङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा नवीन देवकोटालगायतको उपस्थितिमा तरुण दलले सहयोग रकम हस्तान्तरण गरेको हो।

    प्रवीणको उपचारमा रावाबेँसी गाउँपालिकाका किरण राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका हरि राईले सङ्कलन गरेको रु ११ हजार ५५ समेत आइतबार नै उनका आमा निर्मलालाई प्रदान गरिएको छ। आगोमा परेर गम्भीर घाइते बनेका प्रवीणको दायाँ र बायाँ दुवै हातको हत्केलामाथिको भाग डढेर डल्लो परेको छ भने निधारमाथिको भागसमेत डढेको छ। तीन छोरी र छ छोरामध्ये घाइते प्रवीण कान्छो सन्तान हुन्। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij