सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सवारी दुर्घटनामा २ महिलाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, साउन १३, २०७६



  • काठमाडौं । कपिलवस्तु शिवराज नगरपालिका ७ जवाभारी बस्ने कुडाबुल्ला नाउँको ७ वर्षीया छोरी मिनि नाउँलाई सोही ठाउँस्थित सडकमा युपि ४७ आर ३५६८ नम्बरको मोटरसाइकलले सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकाले उपचारको लागि शिवराज अस्पताल बहादुरगंज लगिएकोमा मिनीको उपचारको क्रममा मृत्यु भएको छ।

    उक्त घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै सुर्खेत, वीरेन्द्रनगर नगरपालिका १४ स्थित सडकमा लु ५० प ८५७० नम्बरको मोटरसाइकल सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार दैलेख गुराँस गाउँपालिका ५ घर भएकी २७ वर्षीया मनिषा बंसीको घटनास्थलमै मृत्यु भएको छ।

    मोटरसाइकल चालक मृतकका श्रीमान ३० वर्षीय डिल बहादुर वंशीलाई मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij