सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

श्रीमतीलाई भर्खरै आउँछु भनेर गएका जीवन तामाङले किन गरे प्रेमिकासँग आत्महत्या ?

  • प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६



  • भक्तपुर। भक्तपुरको बोडेमा एक जोडीले आत्महत्या गरेका छन् । यहाँ कोठा भाडामा लिएर बस्ने २१ वर्षका जीवन तामाङ र १८ वर्षकी मंगली घिसिङले आत्महत्या गरेका हुन् । उनीहरुबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । जीवन विवाहित हुन् र उनकी श्रीमतीसहित १ छोरी पनि छिन् । पछिल्लो समय जीवन श्रीमती र छोरी छाडेर मंगलीसँग बस्न थालेका थिए ।

    सिन्धुपाल्चोक बाह्रबिसेका जीवन र रामेछापको बेथानकी मंगलीले मंगलबार आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय जीवन मंगलीसँग बस्न लागेपछि उनकी श्रीमती रितु तामाङले प्रहरीमा उजुरी दिएकी थिइन् । रितुले ११ साउनमा श्रीमान् अर्की केटीसँग लागेर आफूलाई नहेरेको भन्दै उनलाई झिकाइ आवश्यक कारबाही गरिपाऊँ भनेर उजुरी दिएकी थिइन् ।

    प्रहरीले उनलाई झिकाएर अबदेखि रितुसँग नै बस्ने तथा उनलाई लाउन खाने व्यवस्थासमेत गर्ने प्रतिबद्धता गराएको थिए । यसपछि जीवन श्रीमतीसँगै निस्किएका थिए । प्रहरीका अनुसार जीवनले बाहिर निक्लिएपछि श्रीमतीलाई एक हजार दिँदै आफू केही समयमै आउँछु भनेका थिए । तर, जीवन प्रेमिकासँगै झुन्डिएको अवस्थामा मंगलबार फेला परेको प्रहरीले जनाएको छ ।

    जीवन तामाङ सवारी चालक थिए । प्रहरीले यो घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । दुवैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij