सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

सुदुरपश्चिममा सबैभन्दा बढी रोपार्ईं, ८० प्रतिशत रोपाईं सकियो

  • प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६



  • यो वर्ष ८०.१८ प्रतिशत धान रोपाईं सकिएको छ । यो साउन १२ गते सम्मको तथ्यांक हो । सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशमा ९४.१७ प्रतिशत धान रोपाईं सकिएको छ ।

    यसैगरी कर्णाली प्रदेशमा ९२.४० प्रतिशत, प्रदेश नम्बर ५ मा ८४.६० प्रतिशत, गण्डकी प्रदेशमा ८४.५६ प्रतिशत, प्रदेश नम्बर ३ मा ७८.८३ प्रतिशत, प्रदेश २ मा ७४.५० प्रतिशत र प्रदेश १ मा ७१.६५ प्रतिशत धान रोपाईं सकिएको छ ।

    बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरका अनुसार १० लाख ९९ हजार ८८३ हेक्टरमा रोपाईं भएको हो । नेपालमा रोपाईं हुने क्षेत्रफल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर रहेको छ । गत वर्षको तुलनमा यसपटक कम रोपाईं भएको छ । गत बर्ष यसै अवधिमा ८१.३१ प्रतिशत रोपार्ईं भएको थियो । यस आधारमा यसपटकको रोपार्ईं १.१२ प्रतिशतले कम हो ।

    प्रदेश १ मा १ लाख ९७ हजार ६ सय ९३ हेक्टर क्षेत्रफलमा रोपाईं भएको छ । यहाँ रोपाईं हुने क्षेत्रफल १ लाख ७५ हजार ९०१ हेक्टर रहेको छ । यता धान रोपाईं हुने क्षेत्रफल ३ लाख ६५ हजार ६ सय १५ हेक्टर रहेको प्रदेश २ मा २ लाख ७२ हजार ३ सय ८५ हेक्टरमा रोपाइ भएको छ ।

    यस्तै प्रदेश ३ मा ९० हजार ८ सय ८३ हेक्टर क्षेत्रफलमा रोपाईं भएको छ । यता गण्डकी प्रदेशमा ९१ हजार ५ सय ५४ हेक्टरमा रोपाईं भएको छ । प्रदेश ५ मा २ लाख ५६ हजार ८ सय ४८ हेक्टर क्षेत्रफलमा रोपाईं भएको छ ।

    कर्णाली प्रदेशमा ३५ हजार ४ सय ६६ हेक्टर र सुदुरपश्चिममा १ लाख ८ हजार ८२ हेक्टरमा रोपाईं भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij