सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

जङ्गली च्याउ खाएर ज्यान जान थालेपछि प्रहरीद्वारा सचेतना अभियान शुरु

  • प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६



  • OLYMPUS DIGITAL CAMERA

    पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लामा पटक–पटक जङ्गली च्याउ खाएर स्थानीयवासीको ज्यान जान थालेपछि सचेतना अभियान चलाएको छ । जिल्लाका आठ गाउँपालिका तथा दुई नगरपालिकाका विभिन्न क्षेत्रमा ‘जङ्गली च्याउ नखाऊँ, सुरक्षित बनौँ’ भन्ने उद्देश्यले अभियान चलाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जङ्गलमा खोजेर ल्याएको च्याउ खाँदा ज्यानै जान सक्छ भन्ने चेतना अझै पनि गाउँ–गाउँमा नभएर थुप्रै नागरिकको अकालमा ज्यान जाने गरेकाले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आफू मातहतका प्रहरी चौकीलाई निर्देशन दिएको जिप्रकाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

    प्रहरीले रामपुर नगरपालिकाको बेझाड, इलाका प्रहरी कार्यालय रामपुर, रिब्दीकोट गाउँपालिका वडा नं २ देउराली, प्रहरी चौकी हार्थोक, वडा नं ५ मुझुङ, इलाका प्रहरी कार्यालय मुझुङ, रम्भा गाउँपालिका वडा नं ३ को पिपलडाँडा, प्रहरी चौकी राम्दी, निस्दी–३ झिरुवास, रुप्सेभन्ज्याङ प्रहरी चौकी, माथागढी गाउँपालिका–१ अघाहाखोला र आर्यभन्ज्याङ प्रहरी चौकीले विषालु जङ्गली च्याउ नखान सचेत गराएको हो ।

    प्रहरीले स्थानीय समाजसेवी, उद्योगी, व्यापारी, व्यवसायी, जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकलाई जङ्गली च्याउको प्रयोगले मानव स्वास्थ्यमा पार्ने असर, मौसम परिवर्तनसँगै आउने प्राकृतिक विपत्ति, लागुऔषध दुव्र्यसनी, महिला हिंसा, घरेलु हिंसा, चेलीबेटी बेचविखन, मदिरा नियन्त्रणलगायतका विविध विषयमा सचेतनामूलक कार्यक्रम गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक मोहन खत्री क्षेत्रीले बताए ।

    यस्ता कार्यक्रमले च्याउ खाएर बिरामी पर्ने तथा ज्यान गुमाउनेको सङ्ख्यामा कमी आउने र समाजमा हुने विविध किसिमका आपराधिक घटना कम भएर सभ्य समाजको निर्माणमा सघाउ पुग्ने प्रनाउ सापकोटाको भनाइ छ । च्याउ खाएर यस वर्ष निस्दी गाउँपालिका–३ मा छ जनाको ज्यान गएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij