सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

राष्ट्रिय प्रसारणमा २२ मेगावाट थप

  • प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६



  • फिदिम। पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

    काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ बाट यस आयोजनाको परीक्षण उत्पादन भइरहेको छ। यहाँ उत्पादित विद्युत् अहिले केन्द्रीय प्रसारण लाइनमा धमाधम प्रवाह भइरहेको छ। २२.१ मेगावाट लक्ष्यको तल्लो हेवाको अहिलेको वास्तविक उत्पादन २२.३४ मेगावाट रहेको प्राविधिकहरुको भनाइ छ।

    आयोजना निर्माण सम्पन्न भएर आम्दानी गर्ने अवस्थामा पुगेपछि आफूहरु हर्षित भएको आयोजना निर्देशक दीपेन्द्र आङबोले बताए। परीक्षणको १५ दिनपछि उत्पादित विद्युत् बिक्री गर्न थालिने भएको छ।

    फिदिमस्थित थापाटारको कावेली कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको सवस्टेशनबाट तल्लो हेवाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा पठाउन थालिएको हो।

    यस आयोजनाबाट जेठ र मङ्सिरबीचको छ महीनासम्म २२.३४ मेगावाट विद्युत् उत्पादन हुने सिनियर इलेक्ट्रिकल इञ्जीनियर नामेश्वर यादवले बताए। यादवका अनुसार खोलाको पानी घट्ने ‘सिजन’ मङ्सिर–वैशाखको छ महीनाबीचमा १० देखि १२ मेगावाटसम्म उत्पादन हुनेछ। यहाँका हेवा र फेमे दुई खोलाको पानी जोडेर तल्लो हेवा जलविद्युत् आयोजना निर्माण भएको हो।

    प्रतिसेकेण्ड १६ मिटर क्युविक अर्थात् १७ हजार लिटर प्रवाह हुने पानीको प्रवाहबाट २२.३४ मेगावाट विद्युत् उत्पादन भइरहेको हो। अहिले तल्लो हेवाबाट २४ मेगावाटसम्म उत्पादन गर्न सकिने पानी उपलब्ध रहेको इञ्जीनियर यादवले बताए। नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौताअनुसार २२.३४ मेगावाट मात्र विद्युत् उत्पादन गरिएको यादवले बताए।

    यहाँबाट प्रतिदिन उत्पादित पाँच लाख ७० हजार युनिट विद्युत्बाट रु २२ लाखसम्म आम्दानी हुने आयोजनाले जनाएको छ। जलविद्युत् कम्पनीहरुबाट नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट वर्षायामको चार रुपैयाँ ८० पैसा र सुक्खायामको आठ रुपैयाँ ४० पैसामा विद्युत् खरीद गर्दै आएको छ।

    तल्लो हेवा आयोजना माउन्टेन हाइड्रोपावर लिमिडेटले निर्माण गरेको हो। विभिन्न व्यवधानका कारण तल्लो हेवाको काम ढिलो सम्पन्न भएको हो। यसको पाँच हजार ३०० मिटर दूरीको सुरुङ र ६०० मिटर पेनस्टक बनाइएको छ ।

    हेवातिरको इन्टेक फिदिम नगरपालिका–११ नांगिन सेजेपा र हिलिहाङ गाउँपालिका–७ भारपाको सीमामा बनेको छ । विद्युत्गृह फिदिम–४ को सारन्तामा छ। रु तीन अर्ब ६६ करोडमा सक्ने गरी बनाउन थालिएको तल्लो हेवाको लागत रु ७० करोडले बढेको जनाइएको छ।

    नाकाबन्दी, भूकम्प, आन्तरिक विवादले बीच–बीचमा काम रोकिँदा लागत बढेको आयोजना प्रमुख गणेश सुब्बाले बताए। बैंक ऋणको ब्याजले लागत बढाएको उनको भनाइ छ। विसं २०७४ असारमा सक्ने सम्झौतामा २०७० मङ्सिरदेखि तल्लो हेवाको निर्माण थालिएको थियो। यो आयोजना निर्माणमा १२ राष्ट्रिय वाणिज्य बैंकहरुको ७० प्रतिशत लगानी रहेको छ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij