आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सात तले दरबार क्षेत्रका ऐतिहासिक सम्पदा पुनर्निर्माण हुँदै

  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६



  • नुवाकोट, साउन २० । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको नुवाकोटको सात तले दरबार क्षेत्रमा रहेको सम्पदाको पुनर्निर्माण भइरहेको छ ।

    चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले सात तले दरबार तथा वरिपरीका सम्पदा पुनर्निर्माण थालेको हो । नुवाकोट दरबार क्षेत्रभित्रको सात तले दरबार, गारद घर, रंगमहल, बहादुर शाहको बैठक कक्षलगायत दरबार क्षेत्रभित्र रहेको विष्णु र नारायण मन्दिरको पुनर्निर्माण थालिएको दरबार हेरचाह कार्यालयका विक्रमप्रसाद पुष्पहालले बताए ।

    २०७२ साल वैशाखमा गएको भूकम्पले दरबारलगायतका सम्पदामा क्षति पुगेको थियो । विनाशकारी भूकम्पले दरबार क्षतिग्रस्त बनाएपछि चीन सरकारले गत २०७२ साल साउन महिनामा मर्मत गर्ने प्रतिबद्धता जनाएको थियो । पटक–पटक चिनियाँ प्राविधिक टोली र चिनियाँ राजदूतको अवलोकन र अध्ययनपछि पुनर्निर्माण सुरु गरेको हो ।

    हाल चिनियाँ प्राविधिकहरुले दरबारको विभिन्न स्थानमा प्वाल पारेर नमूना संकलन गरी अध्ययन गरेका छन् । भूकम्पका कारण क्षतिग्रस्त भएको ऐतिहासिक सात तले दरबारलाई पुरानै स्वरुपमा पुनर्निर्माण गर्नुपर्ने स्थानीय बताउँछन् ।

    दरबारलगायत आसपासका सबै संरचनालाई संरक्षण गर्दै पुनर्निर्माण शुरु गर्ने चिनियाँ टोलीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij