सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

१४ किलो गाजासहित ३ जना भरिया पक्राउ

  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६



  • मकवानपुर प्रहरीले १४ किलो ९ सय ग्राम गाजासहित ३ जना भरियालाई पक्राउ गरेको छ ।

    अटोको यात्रु बस्ने सिट र छत काटेर प्लाष्टिकको पोका बनाइ लुकाएर गाजा ओसारपसार गर्ने चालक र अन्य दुई कारोबारीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

    पक्राउ पर्नेमा अटो चालक मनहरी गाउँपालिका-८ देवकोटका १९ वर्षीय जीवन मोक्तान, अटोमा सवार पर्साको वीरगञ्ज महानगरपालिका-१० रानीघाटका २४ वर्षीय राजेश पटेल र १९ वर्षीय मुन्ना अन्सारी रहेका छन् ।

    हेटौंडा-११ थानाभर्‍याङमा चेकजाँचका क्रममा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना१ह ९७४६ नम्बरको अटोबाट १४ किलो ९ सय ग्राम गाँजा बरामद भएको थियो ।

    प्रहरी निरीक्षक पवनकुमार झाको टोलीले जाँच गर्दा अटोको सिट काटेर त्यसमा गाजाको प्याकेट राखेको र छतमा समेत पोका बनाइ लुकाएर ६ वटा पोकामा गाजा लुकाएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिँहले जानकारी दिए ।

    यस्तै, प्रहरीले वैशाख ६ गते भारतीय कारमा बरामद गरेको ४८ किलो ८ सय ग्राम गाजाका मुख्य अभियुक्त भारत विहान पटनाका ३४ वषर्ीय प्रवल अग्निबेशलाई पनि चितवन पुलचोकबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।

    प्रहरीले यसअघि कार चालक विहार बैलाशीका ३२ वर्षीय अमरजित सिंहलाई पक्राउ गरिसकेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij