सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

‘मारुनी’मा बोल्ड संवाद थियो, यसैले काम गर्न डराएँः साम्राज्ञी

  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६



  • नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘मारुनी’को कथा सुन्दा आफू काम गर्न सक्छु या सक्दिनँ भनेर डराएको खुलाएकी छिन् । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा पुगेकी साम्राज्ञीले भनिन्–‘भूमिका एकदमै राम्रो थियो । कथा सुनेपछि गर्नुपर्छ भन्ने पनि लाग्यो । तर, भूमिका यति शक्तिशाली थियो कि गर्न सक्छु या सक्दिनँ भनेर म डराएकी थिएँ ।’

    साम्राज्ञीले अगाडि भनिन्–‘चलचित्रका निर्देशक नवल नेपाल र निर्मात्री पूनम गौतमसँग भेट भएपछि ममा आत्मविश्वास आएको थियो । मलाई सबैले बोल्ड नायिका भन्छन् । तर, यसमा बोल्ड संवाद छ ।’

    यस्तै, नायक पुष्प खड्काले चलचित्र ‘मारुनी’मा आफूले सशक्त भूमिका पाएको भन्दै टिमको प्रशंसा गरे । उनले भने–‘कि त मान्छे सफल हुन्छ कि त उसले केही अनुभव गर्छ । म पनि यही बाटोमा छु । मारुनीबाट दर्शकको मायाको अपेक्षा छ ।’

    चलचित्रका निर्देशक नवल नेपालले यसपटक आफू समयको माग अनुसार आधुनिक हुने प्रयास गरेको बताए । होइन, भने आफ्नो मनबाट निस्किने भाव फरक नहुने उनको तर्क थियो । नायिका रेबिका गुरुङले एउटा सशक्त भूमिकामा काम गर्न पाएको भन्दै निर्माण टिमलाई धन्यवाद दिएकी थिइन् । बोल्ने क्रममा रेबिका भावूक समेत बनिन् ।

    चलचित्रकी निर्मात्री पूनम गौतमले आफूहरुले दर्शकको अपेक्षा अनुसारकै चलचित्र बनाएको भन्दै दर्शकले नेपाली चलचित्रलाई नै माया गर्ने बताइन् । भदौ १३ गतेबाट रिलिज हुने यो चलचित्र अहिले प्रतिक्षामा छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि दर्शकमा उत्साह बढ्ने विश्वास निर्माणपक्षको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij