सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मनसुन आजदेखि फेरि सक्रिय

  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६



  • केही दिनदेखि कमजोर रहेको मनसुन आजदेखि पुनःसक्रिय भएको छ।

    हाल देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौंमा १० दशमलव ० मिलिमिटर वर्षा भएको छ भने पोखरामा ५४ दशमलव ०, दाङमा ३२ दशमलव०, सिमरामा ६७ दशमलव ०, नेपालगञ्जमा २७ दशमलव ०, धनगडीमा ४२ दशमलव ० र दिपालयमा २६ दशमलव ० मिलिमिटर वर्षा मापन गरिएको छ।

    यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

    साउन २० गते (सोमबार)

    दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै, पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राति : देशभर सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरूमा तथा मध्य र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै मध्य र पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    साउन २१ गते (मंगलबार)

    दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षा हुनेछ।

    राति: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुनेछ। साथै मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    साउन २२ गते (बुधबार)

    दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij