आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘दूध उत्पादनमा वृद्धि’

  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६



  • काठमाडौं, साउन २२ । मुलुकमा दूध उत्पादन बढे पनि मागअनुसार अझै आपूर्ति हुन नसकेको बताइएको छ ।

    दुग्ध सहकारी संघकाअनुसार विभिन्न १८ सय ७२ सहकारीमार्फत् दूध उत्पादन भइरहेको छ ।

    संघकाअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष दूध उत्पादनमा वृद्धि भएको छ । तर, डेरी संघहरुले भने दूधको अभाव भएको बताउँदै आएका छन् ।

    केन्द्रीय दुग्ध उत्पादक सहकारी संघकाअनुसार यस वर्ष दूध उत्पादन गत वर्षको तुलनामा ७ प्रतिशतले वृद्धि भएको छ ।

    अघिल्लो वर्ष साढे ७ लाख मेट्रिकटन लिटर दूध उत्पादन भएको थियो । यो वर्ष ९ लाख मेट्रिकटन दूध उत्पादन भइसकेको जनाइएको छ ।

    संघका अध्यक्ष नारायणप्रसाद देवकोटा नेपालमा दूध उत्पादन गर्नका लागि सरकारले सहजीकरण गरे नेपाली कृषकहरुमा दूध विदेशमा निर्यात गर्नसक्ने क्षमता रहेको बताउँछन् ।

    यता, डेरीवालाहरुले भने दूधको अभाव नै भएको बताउँदै आएका छन् ।

    प्रतिदिन दुईदेखि साढे दुई लाख लिटरसम्म दूधको अभाव रहेको डेरी एसोसिएसन नेपालले जनाएको छ ।

    वैशाखदेखि असोजसम्म सुक्खा सिजन भएकाले यस समयमा दूधको माग अन्य समयमाभन्दा २० प्रतिशत बढ्ने तथा उत्पादन पनि १५ प्रतिशतले घट्ने भएकाले यस सिजनमामात्रै भएपनि पाउडर दूध आयात गर्न दिनुपर्ने भनाइ एसोसिएसनका महासचिव प्रल्हाद दाहालको छ ।

    धुलो दूध नेपालमा आयात गर्न बन्द गरेसँगै डीडीसीले १२ हजार ५०० मा पाइने दूधको मूल्य करिब चार हजारले बढाएर १७ हजार ५०० मा बिक्री गरी कालोबजारी गरेको आरोप दाहालको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij